बजेट पास गर्नुअघि बालुवाटारमा सत्तापक्षीय दलको बैठक
काठमाडाैं | असार १०, २०८२
काठमाडौँ: सत्तापक्षीय दलको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, लोसपाका महन्थ ठाकुर, जसपाका अशोक राई, जनमतका सिके राउत, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ सहभागी छन् ।
आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ ।
विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

